Shikhar Insurance
National Life

गैरकानुनी रुपमा लाभांश घोषणा गर्दा नेप्सेद्वारा सामलिङ पावरको सेयर कारोबार रोक्का

३ दिनभित्रै स्पष्टिकरण बुझाउन ताकेता
सिंहदरबार संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सामलिङ पावर कम्पनीले लाभांश घोषणा गरी नियम विपरित सार्वजनिक गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारवाही गरेको छ । कम्पनीले बिहान ९.३० मै लाभांश घोषणाको निर्णय गरी कारोबार समय पश्चातमात्रै नेप्सेलाई जानकारी गराउँदा कारवाहीमा परेको हो ।

मंसिर २१ गते बिहान ९ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भने कम्पनीले नेप्सेको वेव साइटमा सोही दिनको कारोबार समय सकिएपछि अर्थात् दिउँसो ३ः४२ बजेमात्रै अपलोड गरेको हो । सोही कारण नेप्सेले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै सेयर कारोबार रोक्का गरेको गर्दै ३ दिनको समय दिएर स्पष्टिकरण समेत माग गरेको छ ।
सूचीकृत कम्पनीहरुले धितोपत्र मूल्य संवेदनशील निर्णय भएपछि तत्कालै नेप्सेलाई जानकारी गराउनु पर्ने व्यवस्था हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्