एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् ।
यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।
“छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो ?” पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, “आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।”
प्रतिक्रिया दिनुहोस्