Shikhar Insurance
National Life

बिरगञ्जको क्लार्क रिसोर्टले पनि आईपीओ जारी गर्ने, एनआईबिएल एस क्यापिटल तोकियो बिक्रि प्रबन्धक

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । बिरगञ्जको हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्टले आईपीओ जारी गर्ने भएको छ । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) बिच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडका (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरे । कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालिका (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट नायव महा प्रबन्धक राजेश रञ्जन को पनि उपस्थिती थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । २०७३ देखि होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) भारतको एक प्रसिद्घ होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)लाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ । पहिलो चरणमा कम्पनीले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्रि प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ । र सेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको (क्लार्क रिसोर्ट, बिरगञ्ज) शेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्