Shikhar Insurance
National Life

सेयर बजारमा २४.४६ अंकको गिरावट, रिडी पावरको ३० कारोड भन्दामाथि कारोबार

सिंहदरबार संवाददाता
२०७९ मंसिर १९, सोमबार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहारो अंकको गिरावट आएको छ । आइतबार झिनो अंकले बढेर बन्द भएको सेयर बजार सोमबार भने दोहोरो अंकले गिरावट आएको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.४६ अंकले घटेर १,९३८.७६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.१९ अंकले घटेर ३७९.६४ को विन्दुमा बन्द भएको हो ।
दिनभरीमा २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार १ अर्ब ५६ करोड १७ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

यसदिन कारोबारमा आएको १४ कम्पनीको सेयर मूल्य बढेको छ । १८१ कम्पनीको घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ३.१२ प्रतिशतले बढेको छ । भने, अजोड इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी ७.३७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर शीर्ष स्थिानमा छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार, नबील बैंकको ८ करोड ४७ लाख ८९ हजार, हिमालयन डिस्टिलरीको ७ करोड ३८ लाख ४३ हजार र नेष्डो समृद्ध लघुवत्तको ३ करोड ७१ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँचभित्र रहेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैकिङ समूहको ९.७८, विकास बैंक ५३.२१, वित्त कम्पनी ३६.७५, जलविद्युत २५.०८, जीवन बीमा १३५.९२, उत्पादन तथा प्रशोधन १२३.४७, माइक्रोफाइनान्स ५८.५७, निर्जीबन बीमा ९१.९५, अन्य समूहको २८.२७ र ट्रेडिङ समूहको उपसूचक उपसूचक २६.२९ अंकले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्