Shikhar Insurance
National Life

नेशनल लाइफको १५ प्रतिशत बोनस सेयर पारित, अब्बल व्यवसाय गर्दै अघि बढ्ने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १९, सोमबार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ औं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर पास गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५ सय १२ रुपैयाँ नगद लाभांश प्रदान दिने निर्णय गरेको थियो ।

कम्पनीले २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब बनाउनुपर्नेछ । वोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँ पुग्नेछ । कम्पनीले तोकिएको चुक्ता पुँजी निर्धारित समयभित्रै कायम गर्ने स्पष्ट पनि पारेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको अध्यक्ष प्रेमा सिंहले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन । नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा पनि उनले व्यक्त गरिन् । लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास ब्यक्त गरिन ।

कम्पनीका आव २०७७/०७८ मा सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई १,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई ४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई ३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ँगतगचभ द्ययलगक एचयखष्कष्यलष्लन गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्