काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई बोनस र नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रुपैयाँको १२.३५ प्रतिशतका दरले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ बराबर बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्