काठमाडौं । एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रभावकारी रणनीति तथा उत्कृष्ट व्यवस्थापन अभ्यासका साथ नबिल सबै सरोकारवालालाई सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने पहिलो रोजाइको बैंकका रुपमा स्थापित भएको छ । व्यावसायिक बैंकिङ सेवाहरुमार्फत नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र इन्भेस्टमेन्ट बैंकिङजस्ता सेवा प्रदान गर्दै आएको छ ।
देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटीएम, असंख्य पोस (पीओएस) टर्मिनल, रेमिट्यान्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्