Shikhar Insurance

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो तिन दिनदेखि निरन्तर बढेको सुनको मूल्य आईतबार पनि बढ्ने क्रमले निरन्तरता पाएको हो ।

आईतबार छापावल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ९९ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ४सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । आईतबार चाँदी २५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्