Shikhar Insurance
National Life

झापामा बुहारीलाई छात्रवृत्ति

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार ०९:०७
Hyundai
NCELL
NIMB

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृत्तिका लागि बुहारीहरुले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए ।

क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए । उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्