Shikhar Insurance
National Life

मर्जरका लागि मेगा र नेपाल इन्भेष्टमेन्टले डाके साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर १५, बिहीबार १३:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन् । दुबै बैंकले पुस ७ गते राजधानीमा वार्षिक साधारण सभा डाकेका हुन् ।

सभाले नेपाल इन्भेष्टमेन्ट बैंकको एक सय कित्ता बराबर मेगा बैंकको ९० कित्ता हुने गरि तय भएको स्वाप रेसियो पास गर्नेछ । साथै, गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश समेत पारित गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत(कर प्रयोजन सहित) नगद लाभांश पारित गर्नेछ । त्यस्तै, मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३.७९ प्रतिशतले हुन आउने ६१ करोड २ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

मेगा बैंकले मंसिर २३ गते बुक क्लोज गर्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर २१ गते बुक क्लोज गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्