काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई डेड अर्ब रुपैयाँ बराबरको निक्षेप उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एक बर्ष अवधीका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ निक्षेप उपलब्ध गराउन लागेको हो ।
पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म सो रकम बैंक तथा वित्तिय संस्थाहरुले मुद्धति निक्षेपका रुपमा पाउनेछन् । राष्ट्र बैंकले आफ्ना बिभिन्न कोषहरुमा रहेको रकम उक वर्षका लागि निक्षेप राख्न लागेको हो । बाणिज्य, बैंक, विकास बैंक र वित्त कम्पनीहरुले सो निक्षेप प्राप्तिका लागि मंसिर १८ र १९ गतेभित्र आवेदन दिईसक्ननुपर्नेछ ।
राष्ट्र बैंकले निक्षेप प्राप्तिका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई केहि सर्तहरु समेत तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्