Shikhar Insurance
National Life

कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने,वैदेशिक रोजगारमा रहेकाहरुले १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीले आज अर्थात  मंसिर १४ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्लागरेको हो।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । त्यसैगरि, जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शनको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओमाआवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनसक्नेछन्। सो समयअवधिमा पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्