Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सझौता, मेगाको ९० कित्ता सेयर बराबर इन्भेष्टमेन्टको १०० कित्ता

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार १४:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरका लागि अन्तिम सझौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।

दुवै बैंकको आइतबार बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्दै हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै दुवै बैंकले विशेष साधारणसभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी दुबै बैंकबीच जेठ २७ गते मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीईओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्