Shikhar Insurance
National Life

ब्याजदर घटाउने नीति आउँदा पनि नेप्सेमा दबाव, कारोबार रकम पनि खुम्चिए

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दबाव परेको छ । आइतबार ३२.४३ अंकले बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा साेमबार सेयर बजार दबाबमा परेको अनुमान गरिएको छ ।

सेयर बजारका लागि सबैभन्दा महत्वपूर्ण पक्ष ब्याजदर हो । केन्द्रीय बैंकले आइतबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ब्याजदर बढ्न नदिने स्पष्टसँग उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) १५.६१ अंकले घटेर १,९५०.३७ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.६५ अंकले घटेर ३८२.६१ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भए । सोमबार नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रीप भएको हो ।

त्यसैगरि, नबील बैंकको ७ करोड २४ लाख ५८ हजार, शिवम् सिमेन्टको ६ करोड १६ लाख ६२ हजार, एभरेष्ट बैंकको ५ करोड ९८ लाख ३१ हजार र साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ५ करोड ८८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.१८ प्रतिशतले बढेको छ । गरीमा डिबेन्चर २०८५को मूल्य ६.११ प्रतिशत र नेपाल लुबि ओइल कम्पनीको सेयर मूल्य ६.०९ प्रतशतले बढेको छ भने, स्यनीरग्या पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.५६ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्