Shikhar Insurance
National Life

जोन्टा क्लब अफ काठमाडौँको लैङ्गिक हिंसा विरुद्ध वाकाथन

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा वाकाथन आयोजना गरेको छ । ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन गरेको थियो । वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो ।

नोभेम्बर २५ तारिख देखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै वाकाथन आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको यस वर्षको नारा “महिला र बालिकाहरु विरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँं ” रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले भनिन्, “१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउने मञ्च दिन्छ । अहिले पनि लगभग सबै क्षेत्रका महिलाहरू दुर्व्यवहारको शिकार बन्न बाध्य भएका छन् । यी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरू मार्फत हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसामा परेकाहरुलाई सहयोग गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ काम गर्ने र महिला अधिकारको लागि काम गरिरहेका सम्पूर्ण साथीहरु एकताबद्ध भएर काम गर्ने कुरामा जोड दिनेछौँ ।”

जोन्टा इन्टरनेशनल, डिस्ट्रिक्ट २५ का गभर्नर सृजना राणाले भनिन्,“लैङ्गिक हिंसा एक गम्भीर मानवअधिकार उल्लङ्घन हो । जसले महिलाको स्वास्थ्य र उत्पादनशील जीवन जिउने उनीहरुको क्षमतालाई असर गर्छ । यसले उनीहरुको काम गरेर आर्थिक रुपमा सबल हुने क्षमतालाई पनि असर गर्छ जसले गर्दा उनीहरुको परिवारलाई पनि असर गर्छ । प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ । यस वाकाथन मार्फत हामी, जोन्टा क्लब, सम्पूर्ण सञ्चार माध्यम र युवाहरूलाई लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी रुपमा आफ्नो आवाज उठाउन आह्वान गर्दछौँ । ”

१६ दिनको अवधिभर जोन्टाले क्युएफएक्स सिनेमाहरुमा ४ शर्ट फिल्महरु पनि प्रदर्शन गर्दै छ । महिला र बालिकामाथि हुने हिंसा र दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने र यसको विरुद्धमा आवाज उठाउनैपर्ने सन्देश बोकेका यी शर्ट फिल्महरु जोन्टाले नै निर्माण गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानकी अध्यक्ष विदुषी राणाले भनिन्, “हामीलाई आशा छ यी शर्ट फिल्महरुले पीडितहरुलाई सुरक्षित रुपमा सहयोग लिनको लागि कुरा गर्न सकिने हेल्पलाइनहरुको बारेमा सुचना दिनेछ ।”

जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको प्रदर्शन गर्नुको साथै विभिन्न छलफलहरु पनि आयोजना गर्दैछ । वाकाथन भन्दा अगाडि जोन्टाले थुप्रै लोकप्रिय व्यक्तित्वहरु मार्फत पनि लैंगिक हिंसाविरुद्ध वकालत गर्न र सचेतना फैलाउन पहल गरेको थियो । यी क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् ।

कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो । जोन्टा इन्टरनेशनल विश्वव्यापी रुपमा सेवा र वकालत मार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने प्रोफेसनलहरुको अग्रणी विश्वव्यापी संगठन हो । सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालत मार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्