Shikhar Insurance
National Life

राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले मंगलबार ९१, १८२ र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको छ । सो बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ ।राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साे बिल फागुन १६ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो २०८० जेठ १६ गते परिपक्व हुनेछ ।

त्यस्तै, ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्