Shikhar Insurance
National Life

माघदेखि लघुवित्त संस्थाहरुमा अनिवार्य बेसरेट

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार २०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ महिनादेखि लघुवित्त संस्थाहरुले अनिवार्य रुपमा आधारदर (बेसरेट) प्रकाशित गर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सो व्यवस्था गरेको हो ।

सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ–‘लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था
गरिनेछ ।’
हालसम्म राष्ट्र बैंकले लघुवित्त संस्थाहरुमा १५ प्रतिशतको ‘क्याप’ लगाएको छ । माघ महिानादेखि मासिक आधारदर सार्वजनिक गनुपर्ने व्यवस्था गरिएको भएपनि सो व्यवस्था भने चालु आवको अद्र्धवार्षिक समीक्षामार्फत् हुनसक्ने राष्ट्र बैंकमा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आधारदरमै रहेर ब्याजदर निर्धारण गर्न लगाउने व्यवस्था हो । तर, सबै लघुवित्तले आधारदर मासिक रुपमा निकाल्न सक्दैनन् । त्यसैले माघदेखि आधारदर मासिक रुपमा प्रकासित गर्न लगाएर मध्यावधि समीक्षामार्फत् आधारदरको आधारमा ब्याजदर प्रकासित गर्न लगाइने हुन सक्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्