काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक संसोधन गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका ६ वटा व्यवस्थाहरुमा संसोधन गरेको हो । राष्ट्र बैंकले ब्याजदर बढ्न नदिने भनेको छ भने स्प्रेड दर घटाएर ४ प्रतिशतमा झारिदिएको छ । अब बैंकहरुले असुल्ने प्रिमियमको पनि नियमित अनुगमन गर्ने राष्ट्र बैंकले भनेको छ ।
लघुवित्त कम्पनीहरुले अबदेखि हरेक महिना कर्जाको आधार ब्याजदर समेत प्रकाशन गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्