Shikhar Insurance
National Life

ब्याजदर बढ्न नदिने राष्ट्र बैंकको प्रतिबद्धता, मौद्रिक नीति समीक्षामा गर्यो यस्तो व्यवस्था

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार २०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप बढ्न नदिने प्रतिवद्धता गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ब्याजदर थप नबढ्ने गरी बैंक तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्नेगरिने बताएका छन् । उनले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने बताएका हुन् । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन गरिने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्