Shikhar Insurance
National Life

७ दिनमै वाणिज्य बैंकले संकलन गरे पौने ४ अर्ब निक्षेप, २ अर्ब बढी कर्जा प्रवाह

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले ७ दिनमै पौने ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । मंसिरको २ गतेदेखी ८ गतेबीचमा वाणिज्य बैंकहरुले कुल ३ अर्ब ७० करोड रुपैयाँ थप निक्षेप संकलन गरेका हुन् ।

गत मंसिर २ गते वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जुन एक साताबीचमै ४५ खर्ब ६१ अर्ब ५७ करोड रुपैयाँ कायम भएको नेपाल बैंकर्स संकको तथ्यांकले देखाएको छ । गत कात्तिक मसान्तसम्म भने वाणिज्य बैंकहरमा कुल ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन मंसिको ८ दिनमै २ अर्ब रुपैयाँ बढीले घटेको संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, मंसिरको २ गतेयता ८ गतेसम्म वाणिज्य बैंकहरुले २ अर्ब १९ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । गत मंसिर २ गतेसम्म कुल ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा मंसिर ८ गते आइपुग्दा कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । सो अवधिमा वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) भने ८६.८६ प्रतिशत कायम भएको बैंकर्स संघले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्