Shikhar Insurance
National Life

सेयर बजारमा उच्च अंकको वृद्धि, हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसुचक ३२.४३ अंकले बढेर १,९६५.९८ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.३४ अंकले बढेर ३८६.२६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भए । आइतबार नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । बिहीबार नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।
सो दिन कारोबारमा आएको १६९ कम्पनीको सेयर मूल्य बढेको छ । २० कम्पनीको घटेको छ । भने २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड ४ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि, नबील बैंकको १२ करोड ३ लाख २१ हजार, नेपाल टेलिकमको ९ करोड ७९ लाख ६३ हजार, शिवम् सिमेन्टको ८ करोड १८ लाख १ हजार र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको ७.४३ प्रतिशत र कुमारी बैंकको ६.७७ प्रतिशत सेयर मूल्य बढेको छ । भने, एनएमबी हाइब्रिट फण्ड–१ को मूल्य सबैभन्दा बढी ३.११ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्