Shikhar Insurance
National Life

चार महिनामा आयकर र भ्याट सङ्कलन लक्ष्यभन्दा कम, किन उठेन लक्ष्यअनुसार कर ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १४:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो ।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१‍.९ प्रतिशत बराबर सङ्कलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड ७ लाख ५८ हजार रुपैयाँ आयकर सङ्कलन गर्ने सरकारी लक्ष्य थियो । यो अवधिसम्मको वास्तविक आयकर सङ्कलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असूली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट सङ्कलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो ।

त्यो पहिलो चौमासिक लक्ष्यको ८२.१९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख ४ हजार अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असूली भएको हो ।

सो असूली पहिलो चौमासिक लक्ष्यको ११२.९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९.७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा १ अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य छ । यो अवधिमा ६४ करोड ४२ लाख ३ हजार रुपैयाँ बराबर मात्रै उठेको हो ।

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार रुपैयाँ मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा १ अर्ब ३६ करोड ११ लाख २० हजार रुपैयाँ बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा १८३.१५ प्रतिशत अर्थात् २ अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैयाँ असूली भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्