काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानको पहल भैरहेको बताएका छन् । राजधानीमा आयोजना भएको एक कार्यक्रममा उनले विश्व अर्थतन्त्र नै संकटबाट गुज्रिरहेको र नेपालले पनि त्यसको प्रभाव झेल्नु परेको बताउँदै अर्थतन्त्रका त्यस्ता समस्या समाधानको पहल भैरहेको बताएका हुन् ।
उनले बाह्य तथा कतिपय आन्तरिक चुनौतीहरुको घेरामा मुलुकको अर्थतन्त्र रहेको र त्यसको समाधानका लागि सरकारसँग सहकार्य पनि भैरहेको बताए । सरकार र राष्ट्र बैंकको संयुक्त पहलकै कारण मुलुकको ब्यालेन्स अफ पेमेन्ट सकारात्मक बनेको पनि उनले बताए । संसारभर ब्याजदर बढ्ने अध्ययन प्रतिवेदनहरुको आईरहेको बताउँदै उनले नेपालमा पनि त्यस्तो सम्भावनालाई नकार्न नसकिने बताए ।
अर्थतन्त्रको स्थायीत्वका लागि संरचनागत सुधारको खाँचो रहेको पनि उनले औल्याए । आयात घटाएर निर्यात बढाउने उपायहरुको खोजि गर्नुको अर्काे विकल्प नभएको उनले बताए । अर्थतन्त्र छोटो अवधीको तरलता अभाव, स्रोतको अभाव र ब्याजदर स्थायीत्वको चुनौतीबाट गुज्रिरहेको पनि उनले दावी गरे । यो समस्या नेपालमा मात्रै नभएर संसारभर व्याप्त भएको पनि उनले जिकिर गरे ।
गभर्नर अधिकारीले यसो भने
नेपालको वित्तिय क्षेत्रमा यतिबेला छोटो छोटो अवधीको तरलता अभाव र उतार चढाव, वित्तिय स्रोतहरुको अभाव, ब्याजदर स्थायीत्वको समस्या छ । र यो नेपालको मात्रै नभएर विश्वभर सबै मुलुकहरुको साझा समस्या हो । एसेट्स क्वालीटी, क्यापिटल एडेक्वेसीको जोखिम र वित्तिय पहुँच अभाव जस्ता समस्या हाम्रो अर्थतन्त्रमा पनि छन् । यस्ता समस्याहरु चाँडै समाधान हुनेमा हामी विश्वस्त छौं । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पोलिसी बदल्ने प्रक्रियाहरु अघि बढाईसकेको छ । त्यस्तो पोलिसी ट्रान्जिसनले अर्थतन्त्रको आधारभूत पक्षमा परिवर्तन ल्याउँछ । आयात–निर्यातको ग्याप पुर्न पनि सहयोग गर्छ ।
प्रतिक्रिया दिनुहोस्