Shikhar Insurance
National Life

मर्जरलाई अन्तिम रूप दिन एनसीसी र कुमारी बैंकले डाके विशेष साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले मंसिर २५ गते सभा गर्ने निर्णय गरेको हो ।

सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक सेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जर प्रकृया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयोजना लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म नेप्सेमा कायम भई कारोबार सेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको सेयर कारोबार भने गत असोज ११ गतेदेखि रोक्का रहेको छ ।

एकै दिन कारोबार रोक्का भएको कुमारी बैंकको सेयर कारोबार आइतवारदेखि फुकुवा हुदैंछ भने बिहीवारसम्म एनसीसी बैंकको सेयर कारोबार फुुकुवाको सुचना सार्वजनिक भएको छैन् । बैंकले मंसिर १५ गते बुक क्लोज गरेको आधारमा त्यस अघिनै कारोबार खुला गर्ने तयारी रहेको बुझ्न सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्