काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीहरुलाई वितरणयोग्य सञ्चित मुनाफा ४७ करोड ७७ लाख २४ हजार रुपैयाँको १३.३० प्रतिशत हुन आउने ५ करोड २८ लाख ७४ हजार बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत हुन आउने २ करोड ६४ लाख ६७ हजार नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्