काठमाडौं । रिडि पावर कम्पनीका लगानीकर्ताले बम्पर लाभांश पाउने भएका छन् । ४२.१० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१० प्रतित नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताहरुले सो मात्रामा लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्