काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम ३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजीको ३ प्रतिशत अर्थात ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ९ प्रतिशत अर्थात् २९ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १२ प्रतिशत अर्थात ३९ करोड ४१ लाख रुपैयाँ (कर सहित) लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्