Shikhar Insurance
National Life

कालिञ्चोक दर्शनले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कति कित्ता ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । त्यसैगरि, जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शनको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओमाआवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनसक्नेछन्। सो समयअवधिमा पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्