Shikhar Insurance
National Life

झापामा करमैत्री वातावरण बन्दै, खर्चभन्दा १ अर्ब ३१ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ मंसिर २, शुक्रबार १२:१५
Hyundai
NCELL
NIMB

झापा । झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा १ अर्ब ३१ करोड ८ लाख ६८ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए ।

गत आवमा झापामा २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन र २२ अर्ब ७ करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए । केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन, उनले भने, “झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए। चालु आव २०७९/८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरलाई ३ अर्ब ६९ करोड २० लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको असोजसम्ममा ६४ करोड २४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ । हाल करिब २ लाख करदाता करको दायरामा आएका छन् । जसमा भद्रपुर कार्यालयअन्तर्गत १ लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार ४३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार ५२१ करदाता छन् ।

यसैबीच झापामा करदाता सप्ताह सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गरेको सो सप्ताहको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गर्दै कर्मचारीलाई करदातामैत्री बन्न आग्रह गरे । उनले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताए । करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी छ, उनले भने, राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ ।”

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताए । उनले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको गुनासो गरे। झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताए । कर छल्नु ठूलो अपराध हो, उनले भने, “कर तिरेरमात्र उपभोक्ताले उपभोग गर्नुपर्छ ।”

नेपाल चाटर्ड एकाउन्टेन्ट सङ्घ झापाका अध्यक्ष सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याए । करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञसँग छलफल गरेर ल्याउनुपर्ने उनको सुझाव छ । त्यस्तै अगुवा व्यवसायी गोविन्द पोखरेलले कर तिर्न निजी क्षेत्र तयार रहेको बताउँदै करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिए ।

मङ्सिर १ गते सुरु भएको कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मानसमेत गर्ने भएको छ । भद्रपुर कार्यालयअन्तर्गत टे«डिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि विर्तामोड र सेवातर्फ ओमसाई पाथिभरा हस्पिटल भद्रपुरलाई सम्मान गर्ने भएको छ । इलामअन्तर्गत टे«डिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथरअन्तर्गत ट्रेडिङतर्फ शिवगौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्