Shikhar Insurance
National Life

नेप्से २५.५७ अंकले बढ्यो, कारोबार १ अर्ब ७१ करोड बढी

सिंहदरबार संवाददाता
२०७९ मंसिर १, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोेबार दिन (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचकमा हरियाली छाएको छ । लामो समयदेखि गिरावट आइरहेको नेनेप्से आज २५.५७ अंकले बढेर १९६.८३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकममा समेत वृद्धि भएको छ । बिहिबार नेप्सेमा २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता बढी सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोड ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी हाइड्रोपावरको भएको छ । बिहिबार कम्पनीको १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन कारोबारमा आएका कम्पनीहरु मध्ये १७२ वटाको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्यस्थिर रहेको छ ।

बिहिबार सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । जसमा सिक्लेस हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ । उक्तदिन तारागाउँ फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्यमा सबैभन्दा बढीले घटेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्