काठमाडौं । साताको अन्तिम कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसुचक ०.९७ अंकले बढेर १,९१२.२३ को विन्दुमा पुगेको छ ।
ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.१० अंकले घटेको छ ।
यस सेसनमा ११ कम्पनीको २२१ कित्ता सेयर १ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएको ७ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको घटेको छ भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कालिका लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले घटेको छ ।
सो सेसनमा फरवार्ड लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
प्रतिक्रिया दिनुहोस्