Shikhar Insurance
National Life

महँगी बढ्यो, सबैभन्दा बढी तराईमा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १९:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको हो । राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत महँगी बढेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि ८.८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मूल्यवृद्धि १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । सेवा समूहअन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्