Shikhar Insurance
National Life

‘अर्थतन्त्र बिग्रिन्छ भनेर अप्रिय नीति लियौँ, १४ महिनापछि रिजल्ट आयो’-गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको अप्रिय, कठोर र सबै क्षेत्रलाई तनाब सिर्जना गर्ने नीतिगत निर्णय लिएको कारणले चालु आवमा अर्थतन्त्रले सकारात्मक लय लिएको गभर्नर महाप्रसाद अधिकारीले दावी गरेका छन् । उनले नेपाल बैंकको ७८औं ८६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले अप्रिय र स्टेन्जेज पोलिसि लागू गरेकै कारण १४ महिनापछि देशको शोधानान्तर स्थिति बचतमा रहेको दावी गरेका हुन् ।

‘राष्ट्र बैंकले चालु आर्थिक वर्षको ३ महिनाको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । हामी गत साल भरी नै धेरै तनाबपुर्ण आर्थिक स्थितिमा रह्यौ,’ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘तरलता अभावको कारण बैंकहरुले धेरै कर्जाको मागलाई पुरा गर्न सकेनन् । चालु आवको पहिलो ३ महिनाको आर्थिक आर्थिक स्थितिमा गत वर्षको तुलनामा आयात घटेको छ । गत वर्ष बाह्य क्षेत्र पीडा जनक अवस्था थियो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको पहिलो ३ महिनामा शोधानान्तर स्थिति १२ अर्ब बढीले बचतमा रहेको जानकारी दिँदै उनले अर्थतन्त्र सुधारत्मक अवस्थातिर जानुमा राष्ट्र बैंकको कठोर निर्णयको परिमाण भएको दावी गरे ।

‘चालु आवको पहिलो ३ महिनामा शोधानान्तर स्थिति १२ अर्ब बढीले बचतमा रहेको छ । यो करिब १४ महिना पछि बाह्य क्षेत्र सुधार हुँदा शोधानान्तर स्थिति बचतमा पाएका हौं,’ उनले भने, ‘यसबीच हामीले आयातमा कढाइ लगायत धेरै अप्रिय खालका नीति लियौं । यो सबै अर्थतन्त्रमा स्थायित्व ल्याउन, कसरी हुन्छ बचाउनकै लागि लिएका निर्णय थिए ।’

गत वर्ष राष्ट्र बैंकले लिएको कठोर नीति कार्यान्यवन हुँदै जाँदा त्यसको प्रभाव अहिले देखिएको उनको भनाइ हो । लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितिमा रहेको भए पनि चालु आर्थिक वर्षको शुरु भएपछि अर्थतन्त्रले सुधारको लय समातेको उनको भनाइ छ । देशको विदेशी मुद्रा सञ्चितीलाई बढाउन आयात प्रतिबन्ध लगाउने लगायत धेरैकठोर निर्णय गत आवका गरिएको भन्दै अर्थतन्त्रलाई स्थायित्वको लागि अझै यस्ता नीति लिनुपर्ने भएमा राष्ट्र बैंक पछि नहट्ने बताए ।

‘अर्थतन्त्र बिग्रियो भने त्यो अर्थतन्त्रमा बस्नेलाई अप्रिय हुन्छ’ त्यही भएर सरकार,राष्ट्र बैंकले त्यस्तो निर्णय लिनु परेको हो । यस बीचमा तरलता अभावका बैंकहरुले माग अनुसार कर्जा प्रवाह गर्न सकेनन् ।’

उनले ८५औं वर्ष पुरा गर्दा नेपाल बैंकले नेपाली बैंकिङ इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै बैंकको इतिहास गर्व गर्न लायक भएको उनले बताए । साथै, नेपालको पहिालो बैंक स्थापनको दिनलाई बैंकिङ्ग दिवसका रुपमा मनाउन राष्ट्र बैंकको तर्फबाट आवश्यक पहल गर्ने समेत आश्वसन दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्