Shikhar Insurance
National Life

महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २८.२१ प्रतिशतले वृद्धि, जगेडा र जीवन बीमा कोष ५०% भन्दामाथि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरिएको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले ३९ करोड ८४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ५२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा २२.५१ प्रतिशतको वृद्धि भएको छ ।

चालु आवको पहिलो त्रैमाससम्म कम्पनीको खुद मुनाफा २८.२१ प्रतिशतले बढेर ३ करोड २६ लाख रुपैयाँ  पुगेकाे छ। गत आवको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २ करोड ५४ लाख रुपैयाँ मात्र आर्जन गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कम्पनीको जगेडा कोषमा ३१ करोड ७४ लाख संचित छ । समिक्षा अवधिमा कम्पनीकाे जगेडा कोषमा ५१.९२ प्रतिशतले वृद्धि भएकाे छ । महाविपत्ति कोष ५७.२१ प्रतिशतले बढेर ३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिमा महाविपत्ति कोष २ करोड ३२ लाख रुपैयाँ थियो ।

कम्पनीको जीवन बीमा कोष ५६.३४ प्रतिशतले वृद्धि भई २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा जीवन बीमा कोषको रकम १ अर्ब ५३ करोड रुपैयाँ थियो ।

कम्पनीका अनुसार कम्पनीले ६ करोड २९ लाख खुद दावी भुक्तानी गरेको छ भने २ करोड १० लाख दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीले यस त्रैमाससम्ममा ४३ हजार ३३१ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्