Shikhar Insurance
National Life

मंसिर महिनामा बैंकको ब्याजदर नबढ्ने, व्यक्तिगत मुद्धतीमा १२.१३३% र संस्थागतमा १०.१३३ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर महिनामा बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले काक्तिक महिनामै कायम ब्याजदरलाई मंसिरमा लागू गर्ने निर्णय गरेको हो ।

मंसिर महिनामा निक्षेपको ब्याजदर थपघट गर्ने बारे संघको मंगलबार बसेको बैठकले सो निर्णय गरेको माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत समेत सहेका संघका कार्यकारिणी सदस्य सन्तोष कोइरालाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘मंसिर महिनामा लागू हुने ब्याजदरको विषयमा मंगलबार बिहान संघमा छलफल थियो, मंसिरमा ब्याजदर नबढाउने निर्णय भएको छ,’ सीइओ कोइरालाले सिंहदरबारसँग भने, ‘निक्षेपको ब्याजदर कात्तिक महिनामा कायम ब्याजदर नै लागू मंसिर महिनामा पनि लागू हुन्छ ।’

ब्याजदरका बिषयलाई लिएर बैंकहरुमाथि चौतर्फी घेराबन्दी भैरहेको र स्वयं अर्थमन्त्रीले नै पनि ब्याजदर वृद्धि प्रति चासो देखाएकाले पुनः एक महिनासम्म ब्याजदरलाई नचलाउने गरी छलफलले निर्णय गरिसकेको छ ।

विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरु असोज महिनामा भने बढाएका थिए। बैंकर्स संघले गत फागुन महिनादेखि कायम ब्याजदरमा राष्ट्र बैंकले गरेको ब्याजदर सम्बन्धि नीतिगत व्यवस्था अनुसार १० प्रतिशतले थप गरेका थिए । अघिल्लो महिनामा लागू ब्याजदरमा १० प्रतिशत थप हुँदा असोज महिनामा व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो । जुन कात्तिक महिनामा पनि सोही लागू गरिएको छ । भने हाल मंसिर महिनामा पनि सो दर लागू गर्ने निर्णय संघले गरेको हो ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १० प्रतिशतले बढाएर अधिकतम ११.१३ प्रतिशत भदौ महिनासम्म कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउन र भदौ महिनामा सोही दरमै ब्याज पाएका थिए । असोज महिनामा भने १२.१३ ३ प्रतिशत ब्याजदर दिने सहमति संघले गरेको थियो । असोजमै कायम ब्याजदरलाई कात्तिक महिनामा निरन्तरता दिँदै संघले मंसिर महिानामा पनि कायम गर्ने निर्णय गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्