काठमाडौं । निर्वाचनको लागि सरकारले दुई दिन सर्वजनिक विदा दिने भएको छ । सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको हो ।
गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।
गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक विदा सम्बन्धि जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गतेसम्म बन्द हुने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्