काठमाडौं । कुमारी बैंकको डिबेन्चर सोमबार नेप्सेमा सूचिकृत भएको छ । बैंकको ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
बैकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचिकृत उक्त ऋणपत्र मंगलबारदेखि दोस्रो बजार कारोबारमा आउनेछ । बैंकको ऋणपत्र कारोबारका लागि नेप्सेले कम्पनीलाई केबीएलडी ८९ सिम्बोल दिएको छ ।
बैंकको उक्त ऋणपत्र १० वर्ष अवधिको लागि गत भदौ १७ गतेबाट निष्कासन गरेको थियो । ऋणपत्रमा वार्षिक ब्याजदर ११ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्