Shikhar Insurance
National Life

१०.५४ अंकले घटेको आइतबारको सेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ताले मनग्य कमाए

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५४ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १०.५४ अंकले घटेर १,८८३.१६ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.८३ अंकले घटेर ३७०.५३ को विन्दुमा बन्द भएका छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१३ वटा समूहगत उपसुचक मध्ये होटल एण्ड टुरीजम समूहको परिसुचक ०.६० प्रतिशतले बढेको छ ।

यसदिन नेप्सेमा कुल २२५ कम्पनीको २ लाख २८ हजार ३४८ कित्ता सेयर १८ हजार ४५ पटक खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएको कुला २२५ कम्पनी मध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको घटेको छ । भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार शिवम् सिमेन्टको सबैभन्दा बढी १० करोड ३९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरि, निर्धान उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार, नबील बैंकको २ करोड ३८ लाख २५ हजार, हिमालयन पावर पार्टनरको २ करोड २६ लाख ४६ हजार र नेपाल रिइन्स्योरेन्स कम्पनीको २ करोड १६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आइतबार नेप्से दोहोरो अंकले घट्दा पनि लक्ष्मी इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ७.९० प्रतिशत सेयर मूल्य कमायका छन् । लक्ष्मी उन्नति कोषको ३.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर कम्पनीको ३.७४ प्रतिशत, सिङ्गटी हाइड्रोको ३.३६ प्रतिशत र गोर्खाज फाइनान्सको ३.१४ प्रतिशत सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्