काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का २० जना माओवादी कार्यकर्ताहरु नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् । उनीहरुले सामुहिक वक्तव्य जारी गर्दै माओवादी केन्द्रमा उत्पन्न वैचारिक विचलन, सांगठनिक अराजकता तथा नेतृत्वको निरंकुशताका कारण पार्टी छाडेको उल्लेख गरेका छन् । उनीहरुले माधव कुमार नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गरेको समेत सोही विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा क मा एकिकृत समाजवादीका बालकृष्ठ श्रेष्ठ उम्मेदवार छन् । माओवादी केन्द्रका कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेसँगै श्रेष्ठलाई थप राहत मिलेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्