Shikhar Insurance
National Life

भरतपुर र नवलपुर जोगाउन नारायणी नदिमा पाँच अर्बको तटबन्धन निर्माण सुरु

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार ०९:५०
Hyundai
NCELL
NIMB

चितवन । नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ । असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ । अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्को एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्को एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि ३८ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसैबेलाको अर्को एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको ४८ करोडमा ठेक्का सम्झौता भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । तेस्रो खण्डको काम सुरु गरिएको छ । उनले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताए । सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइका दरले रहेका छन् । गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । यसका लागि २३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो । बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ ।

विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक पाँच अर्बको काम अघि बढाइएको हो । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ । आर्थिक वर्ष २०६६/०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।

चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ ।

गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको बताइन । यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उनको भनाइ छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्