काठमाडौं । एभरेष्ट बैंकले २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कात्तिक २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८.७९ को नाफाबाट लगानीकर्तालाई २०.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पााउनेछन् ।
प्रतिक्रिया दिनुहोस्