काठमाडौं । कोरोना बीमितहरुले एक हप्ताभित्रै एक अर्ब ८१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी पाउने भएका छन् । सरकारले कारोना बीमितको दावी भुक्तानीका लागि एक अर्ब रुपैयाँ दिएपछि बीमा समिति, बीमक संघ, पुनर्बीमा कम्पनीहरुले आगामी एक हप्ताभित्रै एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी दिने तयारी गरेका हुन् ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आगामी एक हप्ताभित्रै कोरोना बीमाको दावी भुक्तानी सुरु हुने बताए । ‘सरकारले एक अर्ब रुपैयाँ दिएको छ, त्यसलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशतले हुने ८१ करोड ८१ लाख ८१ हजार ८ सय ८१ रुपैयाँ १८ पैसा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले थपेर भुक्तानी दिइनेछ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ समेत रहेका संघ अध्यक्ष क्षेत्रीले सिंहदरबारसँग भने ।
कोरोना बीमाको १ अर्ब रुपैयाँ दावी भुक्तानी गर्ने सरकारको निर्णय, १२ अर्ब दायित्व स्वीकार
कोरोना बीमाको ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ सरकारले तिर्नुपर्छः महालेखा
कोरोना बीमाको पैसा तुरून्तै दिन २० वटै निर्जीवन बीमा कम्पनीलाई अदालतको परमादेश
कोरोना बीमाको भुक्तानी गर्न सरकारले बीमा महाविपत्ती बोन्ड जारी गर्ने
उनका अनुसार ८१ करोडमध्ये बीमा समितिले २५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले ८ प्रतिशत रकम थपेर भुक्तानी दिनेछन् ।
सरकारी कर्मचारी, सेना, पुलिस लगायतको भुक्तानी भने अहिले दिइने छैन् । त्यस्तै, कर्पाेरेट कार्यालयहरुको दावी भुक्तानी पनि अहिले दिइने छैन् । सर्वसाधारणलाई पहिले चरणमा दावी भुक्तानी दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्