Shikhar Insurance
National Life

नयाँ स्टक र कमोडिटी एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया स्थगित, बोर्डले गर्यो यस्तो निर्णय

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १५, मंगलवार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको २ सातापछि बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको हो ।

बोडले गत असोज २ गते ४५ दिने सुचना जारी गर्दै नयाँ नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको आवेदन माग गरेको थियो भने ३० दिने सुचना जारी गर्दै नयाँ ब्रोकरको लागि पनि आवेदन माग गरेको थियो । तर, निर्वाचन आचार संहिता लागू भएको भन्दै सर्वोच्चबाट गत काक्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दे तत्काललाई लाइसेन्स प्रक्रिाय रोक्न भनेको थियो । सोही अनुसार असोज २ गतेका सम्पुर्ण लाइसेन्स प्रक्रिया अर्को निर्णय नहुँदासम्मलाई स्थगित गरिएको मंगलबार बोर्डले सार्वजनिक सुचनामार्फत् उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ स्टक एक्सचेन्ज र कमोडिटीका लागि बोर्डमा आवेदन दिने मंगलबार नै अन्तिम दिन हो। तर, आजसम्म कुनै पनि कम्पनीले एक्सचेन्ज र कमोडिटीका लागि बोर्डमा आवेदन नपरेको बोर्डले जानकारी दिएको छ ।

नयाँ ब्रोकरका लागि भने ३० दिनभित्र ४५ वटा आवेदन परेको छ । ब्रोकरको लाइसेन्स छनौट प्रक्रिया समेत स्थगित भएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्