Shikhar Insurance
National Life

तीन महिनामै साढे ३ खर्ब बढी व्यापार घाटा,  निर्यात ३५.७१ प्रतिशत र आयात १६.२० प्रतिशतले घट्याे

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १३, आईतवार १४:११
Hyundai
NCELL
NIMB

काठमाडौं । दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीहरूको आयात उच्च भएपछि चालु आर्थिक वर्षको तीन महिनामै व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । आयात र निर्यातको संतुलन नमिल्दा नेपालले महिनै पिच्छे खर्ब बढीको व्यापार घाटा ब्याहोर्नु परेको हो ।

चालु आवको पहिलो महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बढी र दोस्रो महिनामा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बढी रहेको थियो । नेपालले भदौ महिनामै १ खर्ब २८ अर्ब ४४ करोड र असोज महिनामा मात्रै १ खर्ब १४ अर्ब २५ करोड रुपैयाँ बढी व्यापार घाटा व्याहोरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड रुपैया बढीको वस्तु तथा सामान निर्यात भएको छ । जुन अघिल्लो आवको ३ महिनामा भएकोे निर्यातको तुलनामा ३५.७१ प्रतिशत कम हो । गत आवको ३ महिानामा ६५ अर्ब ५ करोड रुपैयाँ बढीको वस्तु तथा सामान निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यस्तै, चालु आवको पहिलो ३ महिनामा भारत लगायत तेस्रो मुलुकबाट ४ खर्ब ९९ करोड रुपैयाँ बढीको वस्तु तथा सामान आयात भएको छ जुन गत आवको सोही अवधिको तुलनामा १६.२० प्रतिशत कम हो ।

तीन महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको छ । भन्सार विभागको तथ्याङ्अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६.२० प्रतिशतले आयात घटेको हो ।

त्यस्तै, नेपालले तीन महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । साथै, नेपालले सो अवधिमा ९६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्