Shikhar Insurance
National Life

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १०, बिहीबार १६:०९
Hyundai
NCELL
NIMB

नारायणगढ । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन ।

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए। उनले भने, “नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो ।

दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि ६८ करोड २३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचे चोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख रुपैयाँ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए। कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्