Shikhar Insurance
National Life

जनताको सहमतिमा उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौंः मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ९, बुधबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउने बताएका छन् । मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीयसँग सहमति गरेर परियोजना अघि बढाउने बताएका हुन् ।

“उत्तरगंगा जलाशयुक्त परियोजना स्थानीयहरूको जग्गाको मुआब्जासम्बन्धी अन्योललाई टुंग्याएर अघि बढाउँछौं” उनले भने,“यो वर्ष पनि सरकारले २ करोड बजेट विनियोजन गरेको छ । स्थानीयहरुको सहमतिमै उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले मध्यपहाडी लोकमार्गको अछते बिहुँ खण्डको सडकको कामका लागि मन्त्रालय र व्यवसायी (ठेकेदार)लाई नियमित खबरदारी गरेको भन्दै कालोपत्रे चाँडै गर्ने मन्त्रालयले आश्वासन दिएको जानकारी दिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सय बेडको बनाउने प्रक्रिया स्वास्थ्यमन्त्रालयमा पुगेको बताउँदै मन्त्रिपरिषदमा पुर्याएर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, देशका सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने बताए ।

देशका धेरै विद्यालयमा आइसिटीसहितको भवन बनिरहेको बताउँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न इन्टरनेटको आवश्यक हुने भएकाले मन्त्रालयले सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने योजनासहित प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले लोकतन्त्रमा कसैको पक्ष वा विपक्षमा बोल्न संविधानमा उल्लेख भएको बताउँदै अधिकार प्राप्तिका लागि बोल्नुपर्ने बताए ।
“लोकतन्त्र भनेको कसैको विरोध, आलोचना, आफ्नो विचार दृष्टिकोण व्यक्त गर्नुलाई लोकतान्त्रिक प्रणाली भनिन्छ,” उनले भने, “यो प्रणाली ल्याउन शहीदहरुले बलिदानी दिनुभएको छ ।”

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए ।

संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्