काठमाडौं । स्मार्टफोन तथा मोबाईल एक्सेसोरिजको क्षेत्रमा विश्व बजारमा पछिल्लो समयमा प्रभुत्व जमाउँदै अगाडि बढ्न सफल चिनको बहुराष्ट्रिय ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।
कोर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रालीको बाघदरबार स्थित मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि CORn\ WB04 / CORn\ WB03 स्मार्टवाच सार्वजनिक गरिएको हो । नेपाली बजारमा कोर्नका एक्सेसोरीज आधिकारीक रुपमा भित्रिएको दुई बर्ष नवित्दै कोर्नले नेपाली उपभोक्ता माझ बनाएको छवि र हाँसिल गरेको प्रगति निक्कै लोभलाग्दो रहेको प्रतिस्पर्धीहरु समेत स्विकार्छन् । यता, केमियो इन्टरनेशनले नेपाली बजारमा पछिल्ला दिनहरुमा हरेक साता नयाँ उत्पादन लन्च गर्न थालेको छ ।
१.३ इन्च को टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कोर्न ले तिस दिन सम्मको उत्कृष्ठ ब्याट्रि ब्याकअप दिने बताएको छ । हालै सार्बजनिक गरिएका दुवै CORn\ WB04 / CORn\ WB03 स्मार्टवाचमा कम्पनीले एक बर्षको वारेन्टी प्रदान गरेको छ भने काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरेको छ । सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेस्मेन्ट दिन नीति लिएको कोर्नले नेपाली बजारको विकास र विस्तारमा देखाएको तदारुकता र विक्री पश्चातको सेवामा गरेको प्रतिबद्धताले नेपाली बजारमा कोर्नलाई सहजै स्थापित गराउन सफल भएको हो ।
CORn\ WB04 / CORn\ WB03 दुवै स्मार्टवाचको विक्री मूल्य ६ हजार नौ सय उनान्सय तोकेको छ भने कोर्नले यि दुवै मोडल अनलाईन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ । कोर्नका यि स्मार्टवाचको साथमा इन्ट्रि लेभलको इअरबड्स समेतल बजारमा ल्याएको हो । खुद्रा बजार मूल्य २ हजार नौ सय उनान्सय तोकिएको यो इअरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दावी कम्पनीले गरेको छ । ६ महिनाको वारेन्टी प्रदान गरिएको CORn\ EB030 मोडलको यो इअरवड्स डिजाईनमा एप्पलको इअरपड सँग तुलना योग्य रहेको छ भने आवाजको गुणस्तरमा समेत कुनै सम्झौता गरिएको छैन । चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्रि रहेको यो इअरवड्ले सस्तो मूल्यका उत्पादनको खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता सहजै परिपूर्ती गरे विश्वास केमियो इन्टरनेशनलले लिएको हो ।
प्रतिक्रिया दिनुहोस्