Shikhar Insurance
National Life

एनटीसीको सिमबाट एक हजार तिरेर २ हजार जनालाई एकै पटक एसएमएस पठाउन सकिने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ८, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश(ग्रुप मेसेज)को सुबिधा ल्याएको छ । टेलिकमले कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेलसम्म आफ्ना उपभोक्ताहरुलाई ग्रुप मेसेज पठाउन सकिने सुबिधा दिएको हो ।

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार मात्र लाग्नेछ । त्यसैगरी २ हजार ५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्