Shikhar Insurance
National Life

भारतीय मूलका ऋषी सुनक बने बेलायती प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ८, मंगलवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय मूलका बेलायती नागरिक ऋषी सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । बेलायति सत्तारुढ दल कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक प्रधानमन्त्री बनेका हुन् । सुनक यस अघि पनि प्रधानमन्त्री बन्ने रेसमा थिए । तर दलको नेता चयन हुने अन्तिम प्रतिष्पर्धामा उनी पराजित भएका थिए ।

४५ दिन प्रधानमन्त्री बनेर लिजा ट्रसले राजीनामा गरेपछि उनैसँग पराजित भएका सुनक प्रधानमन्त्री बनेका हुन् । सुनकले बोरिस जोनसनको प्रधानमन्त्री कालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । बेलायती अर्थतन्त्र समेत कोरोनाका कारण संकट उन्मुख भएका बेला अर्थशास्त्री समेत रहेका पूर्व अर्थमन्त्री सुनक प्रधानमन्त्री बनेपछि व्यापक सुधार हुने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्