Shikhar Insurance
National Life

ग्लोबल आईएमई बैंकको १३.६ प्रतिशत लाभांश घोषण, बोनस सेयर र नगद लाभांश कति ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आईतबार (कात्र्तिक ६ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गरिनेछ । बैंकले (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत गरि कुल १३.६ प्रतिशत(कर सहित) लाभांश वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । ३ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्